दुईमध्य कुनचाहिँ हो रणवीर ? कट्रीना नै झुक्किने त होइनन् !

मुम्बई । भनिन्छ, दुनियामा उस्तै अनुहार भएका ७ जना मानिस हुन्छन् । सात त थाहा भएन तर, रनवीर कपूरको भने एकजना कार्बनकपी भेटिएका छन् । उनी हुन् कश्मीरका जुनैद शाह । उनले रणवीरजस्तो देखिन केही गरेका छैनन्, भगवानले नै उनलाई त्यस्तै बनाएर पठाएका हुन् । जुनैद हाल एमबीए पढिरहेका छन् र मोडलिङमा आउन चाहन्छन् । 

तर रणवीरको तुलना आफूसँग नगरियोस् भन्ने उनको चाहना छ । जुनैदको नामा एउटा फेसबुक पेज पनि छ, जसको नाम जुनैद शाह द अपकमिङ आर.के लेखिएको छ । यस पेजमा उनका कैयन अन्य तस्वीर पछि छन्, जसलाई देखेर पहिलो पटक जो पनि झुक्किन्छ । उनको अनुहार रणवीरसँग यत्ति मिल्छ कि, सबै उनलाई रणवीरको कार्बनकपी भन्छन् । सोही कारण उनी सानोतिनो सेलिब्रेटी नै बनिसकेका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.