सुविधा कटौतीपछि मलेसियामा नेपाली कामदार आन्दोलित
क्वालालम्पुर । मलेसियामा तीन सयभन्दा बढी कामदारहरु आन्दोलनमा उत्रिएका छन् । कम्पनीले दिदै आएको सेवा सुविधा कटौती भएको विरोधमा रावाङ बेलमासस्थित अलाइड वरी एसडिएन विएचडीका नेपाली कामदार आन्दोलित भएका हुन् ।
कामदारहरु आन्दोलनमा उत्रिएपछि कम्पनीको कामकाज ठप्प भएको छ । नयाँ वर्षसँगै कम्पनीले थप अढाईघण्टा अनिवार्य काम गर्नुपर्ने नियम बनाएपछि असन्तुष्ट नेपाली कामदारले आन्दोलन सुरु गरेका हुन् ।
यस्तै कोठामा दिँदै आएको पानी, बत्ती र होस्टल चार्ज भन्दै मोटो रकम काट्ने सूचना जारी गरेपछि आन्दोलनमा उत्रिनुपरेको उनीहरुको भनाई छ । कम्पनीले बनाएको नियम फिर्ता हुनुपर्ने उनीहरुको माग छ ।
कम्पनीले भने नयाँ प्रावधान फिर्ता नहुने जनाएको छ । गत वर्र्षदेखि न्यूनतम तलब ९ सय आरएम बनाएको कम्पनीले यसअघि लिँदै आएको मासिक लेविमा समेत वृद्धि गर्ने तयारी गरेको थियो ।
कम्पनी व्यवस्थापनले आन्दोलन फिर्ता लिएर काममा फर्किन आग्रह गरेपनि कामदारहरुले माग पुरा नभएसम्म काममा नफर्किने र दूतावासलाई जानकारी गराउने बताएका छन् ।
0 comments
Write Down Your Responses