यी १० घरेलु तरिका अपनाउनुहोस् क्यान्सरबाट सधैंको लागि मुक्त हुनुहोस्: क्यान्सरबाट बच्ने १० अचुक सुत्र

क्यान्सरबाट बच्न धेरैकुरामा ध्यान दिनुपर्ने हुन्छ । घरमा कम र बाहिर धेरै खाने बानिले पनि खाइरहेको खाना देखि व्यस्त जिवनशैलिले छुट्न जाने कतिपय बानिहरुमा हामी सबैले ध्यान दिनुपर्ने देखिन्छ । क्यानसर को रोकथामको लागि १० महत्वपुर्ण बिषयबस्तुलाइ तल प्रस्तुत गरिएको छ।


१. सकेसम्मको दुब्लो हुनुहोस तर तौल तपाइको उचाइ अनुसारको हुनु पर्छ । कसरि थाह पाउने तपाइको तौल र उचाइको सम्बन्ध ?

बडि मास इन्डेक्स (Body Mass Index -BMI) ले तपाइको तौल र उचाइको सापेक्षिक सम्बन्धलाइ मापन गर्छ ।
तपाइको तौल (केजीमा) लाइ तपाइ को उचाइको (मिटरमा) वर्गले भाग गर्नुहोस र उतर १८-२५ को श्रेणीमा आयो भने तपाइको तौल स्वस्थ छ, १८ भन्दा कम आयो भने तौल उचाइको अनुपात मा कम छ, २५ भन्दा माथि भयो भने तौल उचाइको अनुपातमा अत्याधिक छ।

२. दिनमा कम्तिमा पनि ३० मिनेट शारीरिकरुपमा एक्टिभ हुनुहोस।

३. सुगर बढि भएको, बढि क्यालोरि भएको, र चिल्लो बढि भएको खाना सकेसम्म कम खानुहोस। फाइबर बढि भएको खानेकुराहरु जस्तै गहुँ, चामल, काजु, बदाम, काउलि, बन्दा, केरा, स्याउ आदिको सेवन बढि गर्नुहोस।

४. बिभिन्न प्रकारका फलफुलहरुको सेवन बढाउनुहोस। सधै एकै प्रकारको मिठो लाग्छ भन्दैमा नयाँ स्वाद परिवर्तन गर्न ढिलो नगर्नुहोस।

५. रातो मासु (खसी, बङ्गुर आदि) को सेवन कम गर्नुहोस र प्याकेटमा बेच्नराखिएका मासुजन्य पदार्थ त प्रयोग नै नगर्नुहोस।

६. रक्सी सेवन गर्दै नगर्नुहोस। दैनिक गर्ने बानि छ भने कम गर्दै लग्नुहोस र दैनिक पुरुषले २ र महिलाले १ सिप भन्दा बढि नपिउनुहोस।

७. क्यान्सरबाट बच्न भन्दै औषधिको रुपमा आएका भिटामिन, मिनरल्स, प्रोटिन पाइने झोल तथा चक्किको सेवन नगर्नुहोस।

८. ब्रोकाउली क्यानसरबाट बचाउने उत्कृष्ट तरकारी हो। ब्रोकाउली पकाउदा अन्य तरिकाले भन्दा पानीमा उसिनेर खाने बानि गर्नुहोस्। लसुनमा हुने सल्फर कम्पाउण्डले क्यानसर बिरुद्ध प्रतिरोध क्षमता बृद्धि गर्ने देखिएकोले लसुन खान नछुटाउनुहोस।

९. दैनिक १५-२० मिनेट मात्र भएपनि घाममा बस्ने बानि गर्नुहोस। शरिरलाइ चाहिने भिटामिन डि मध्ये ९०% सुर्यबाट लिइने र भिटामिन डि ले कोषहरुबिचको सञ्चारमा मुख्य भुमिका खेल्ने हुन्छ्।

१०. दुध पिउने बानि बसाल्नु होस्। क्याल्सियमले पेटको क्यानसर कम गर्ने पाइएको छ।

0 comments

Write Down Your Responses

Powered by Blogger.