पढ्न गएकी ७ वर्षीय बालिकालाई छतमा लगेर बलात्कार

एजेन्सी । भारत राजस्थानको राजधानीमा एक मदरसामा सात वर्षीय बालिकामाथि बलात्कार भएको समाचार बाहिर आएको छ । सांगानेर इलाकामा सात वर्षीय बालिकामाथि बलात्कार भएको हो । उनी बुधबार बिहानै पढ्न मदरसा गएकी थिइन् ।
आरोपीले मदरसाको छतमा लगेर बलात्कार गरिएको सार्वजनिक भएको हो । 

उनले घर आएर आफ्ना बाबुआमालाई भनेपछि घटना सार्वजनिक भएको हो ।
बाबुआमाले उक्त जानकारी प्रहरीलाई गराउँदै उजुरी गरेका छन् । बालिकालाई जेके लोन अस्पतालमा भर्ना गरिएको छ । चिकित्सकहरुले बालिकामाथि बलात्कार गरेको पुष्टि गरेका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.