मुम्बईमा जलेर ८ नेपालीको मृत्यु
नयाँ दिल्ली । मुम्बईको भिवन्डी सहरस्थित काठ गोदाममा शनिबार बिहान भएको आगलागीमा परेर कपिलबस्तुका ८ नेपालीको मृत्यु भएको छ ।
सख्त घाइते ३ जनाको उद्धारपछि उपचार भइरहेको छ । मृत्यु भएका ५ जना र खस्त घाइते भएका ३ जना एकै गाउँका हुन् । ज्यान गुमाउनेमा एकै घरका दाजुभाइ समेत छन् ।
खबरले गाउँ पुरै शोकमग्न छ । आर्थिक अवस्था कमजोर भएका उनीहरु रोजगारीका लागि त्यहाँ गएका थिए । उनीहरु ज्यालादारी हैसियतमा काम गर्दै आएका थिए । आजको कान्तिपुरमा समाचार छ ।
0 comments
Write Down Your Responses