परिआए जे पनि देखाइदिन्छु भन्छिन् यिनी
मुम्बई । प्राय विवादमा आइरहने बलीउड एक्ट्रेस राखी सावन्तले एक कलाकारको हैसियतमा अंग प्रदर्शनको लागि आफ्नो हद नरहेको बताएकी छिन् ।
आफ्नो आगामी फिल्म मुम्बई कान्ट डान्स साला को प्रमोशनमा व्यक्त राखीले आफू फिल्मको कथाले चाहे अनुसार जुनसुकै अंग प्रदर्शन गर्न पनि तयार रहेको प्रतिक्रिया दिएकी हुन् ।
उनले भनिन्, मैले दुई वर्षदेखि काम पाइरहेको थिइन्, यस्तो अवस्थामा यस इन्डस्ट्रीमा टिकिरहन सहज छैन । म फिल्मी ब्याग्राउण्डबाट होइन ।
यसकारण मेरो कुनै साहरा छैन । म जहाँ छु, आफ्नै मिहेनतका कारण छु । यसकारण पनि म आफूलाई सिमित गर्न सक्दिन । मेरो कुनै सीमा छैन । एक्सपोजका लागि तयार छु ।
सचिन्द्र शर्माको निर्देशनमा बनेको फिल्म मुम्बई कान्ट डान्स सालामा राखी महत्वपूर्ण भूमिकामा छिन् । यसबारे उनले भनिन्, यस फिल्ममा मेरो भूमिका अहम छ । म नेगेटिभ रोलमा छु । मैले यसभन्दा पहिले यस्तो भूमिका निभएको थिइनँ । मलाई फिल्मको स्क्रिप्ट एकदमै मन परेको छ । एजेन्सी
0 comments
Write Down Your Responses