यो सर्पको एक थोपा विषले मार्नेछ ५०० जना मानिस
तपाईंले एकसय एक विषालु सर्पको बारेमा सुन्नुभएको होला तर सर्पको यस्तो विषको बारेमा सुन्नुभएको छैन होला जसको एक थोपा विषले ५०० मानिसको मृत्यु हुने गर्दछ । सुन्दा तपाईंलाई अचम्म लागेपनि यो कुरा साँचो हो । यद्यपी यो प्रजातीको सर्पले निकै कम टोक्ने गर्दछ । निकै राम्रो रंग र आकर्षक आँखा भएको यो सर्प अफ्रिकाको जंगलमा धेरै पाइने गर्दछ ।
स्वभावले निकै लजाउने र अहिंसावादी यो सफएको नाम बूमस्ल्याङ्ग हो । हरियो, पहेँलो, खैरो र गुलाबी रङको यसको छालाले यसलाई रुखमा लुक्न मद्दत गर्दछ । यो सर्पको निकै ठूलो–ठूलो आँखाले यसलाई निकै सोझो साबित गर्दछ । तर हेर्दा जति राम्रो र सोझो यो सर्प छ त्यति नै खतरनाक यसको विष छ । वन्य जीव विशेषज्ञका अनुसार यो सर्पले टोकेको मानिसको मृत्यु निश्चित छ । 
यो सर्पले १७० डिग्री सम्मको मुख खोल्न सक्छ र यसको टोकाइले धेरै हिस्सालाई प्रभाव पार्ने गर्दछ । बूमस्ल्याङको विषलाई हिमोटक्सिन श्रेणीमा राखिएको छ । यो विषले रगत जम्न बन्द गरिदिन्छ । रगत नजम्ने भएका कारण शरिरको भित्र र बाहिर खुल्ला भएको अंगबाट लगातार रगत बग्न सुरु गर्दछ । यसका साथसाथै टाउको दुखाई, बेहासी, निन्द्रा, मानसिक विक्षिप्तजस्ता लक्षणहरु पनि देखा पर्न थाल्दछन् ।
बूमस्ल्याङ्गको विष जति धेरै खतरनाक छ यसको असर भने बिस्तारै–बिस्तारै देखा पर्न थाल्दछ । टोकिसकेपछि पिडितलाई केहि हुँदै छ भन्ने कुरा थाहा नै हुँदैन । धेरै घण्टासम्म यसको असर देखा पर्दैन । यस बिच पिडितले अपचारको लागि मौका पाउने गर्दछन् तर धेरैजसो समयमा पिडितलाई के हुँदैछ भन्ने कुरा थाहा नहुँदा धेरैले उपचार नगर्ने बताइएको छ । (एजेन्सी)
0 comments
Write Down Your Responses