घरबेटीकी छोरीलाई बलात्कार गर्न खोजेपछि..

सिन्धुपाल्चोक । घरबेटीको छोरीलाई औषधी लगाउने बहानामा जर्बजस्ती करणी गर्न खोजेको अभियोगमा एक युवक पक्राउ परेका छन् । १३ बर्षीया बालिकालाई जर्बजस्ती करणी गर्न खोजेको आरोपमा इर्खु गाउँ विकास समितिका रमेश तामाङ पक्राउ परेका हुन् । इर्खु गाविसको एक घरमा दुई बर्षदेखि भाडामा बस्दै आएका लामाले घरमा कोही नभएको बेला घरबेटीको छोरीलाई जर्बजस्ती करणी गर्न खोजेको पीडितहरुले प्रहरीमा दिएको जाहेरीमा भनिएको छ ।

 पुस ६ गते बेलुकी तीन दिदी बहिनी मात्रै रहेको बेला आरोपीत तामाङले जर्बजस्ती गर्न खोजेका थिए । बालिकालाई एलर्जी भएपछि औषधी लगाउने बहानामा संवेदनशील अंगमा हात लगेर जर्बजस्ती करणी गर्न खोजेको जाहेरी परेको प्रहरी निरीक्षक रुपक खड्काले जानकारी दिए । बालिका कराएपछि आफन्तले उनलाई समातेर प्रहरीमा बुझाएका थिए । दुई वर्षदेखि तामाङ सोही घरमा डेरा लिएर बसेका थिए । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.