क्रिसमसका क्रममा नायिकाको इज्जत लुट्न खोजेपछि…

मुम्बई । इसाई धर्मावलम्बीहरुको पवित्र चाड क्रिसमसमा एक लज्जाजनक घटना भएको सार्वजनिक भएको छ । क्रिसमस मनाउने क्रममा बलिउड नायिका ऋचा चड्डामाथि दुई युवकले दुव्र्यवहारको प्रयास गरेका हुन् ।
क्रिसमस पार्टीमा सहभागी नायिका चड्डासँग युवकहरुले फोटो खिच्ने बाहना बनाई काँधमा हात राखेर संवेदनशील अंगमा लैजाने कोशिस गरेका थिए ।

उक्त घटनालाई साम्य पार्नका लागि प्रहरी नै पुग्नु परेको थियो । ऋचाले यस घटनाले आफूलाई दुःखी बनाएको बताएकी छन् ।
नायिका ऋचाले फुक्रे, ग्याङस् अफ वासेपुर, रामलीलालगायतका चलचित्रमा अभिनय गरेकी छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.