एयर एसियाको विमानबारे सनसनीपूर्ण खुलासाः २ हप्ता अघि नै हराउँने भविश्यवाणी
एजेन्सी । एयर एसियाको विमान क्युजेड ८५०१ नम्बरको विमान वेपत्ता भएको तीन दिन भइसकेपनि अहिलेसम्म यसको कुनै पत्ता लाग्न सकेको छैन । यसैबीचमा एउटा खबर सार्वजनिक भएको भएको छ जसले तपाइलाई पनि झस्काउन सक्छ ।
एक चिनिया व्यक्तिले यसअघि नै एयर एसियाको कुनै विमान बेपत्ता हुन सक्ने भविश्यवाणी गरेका थिए । एक ब्लगमा ति चिनिया व्यक्तिले एयर एसियाको विमान वेपत्ता हुन सक्ने वा दुःखद अन्त्य हुने चेतावनी दिएका थिए ।
यसको १५ दिन भित्रै एयर एसियाको जेडक्यु ८५०१ विमान वेपत्ता भएको छ । यो पोष्ट विमान बेपत्ता भएसँगै सामाजिनक सञ्जालमा चर्चाको विषय बनेको छ । त्यो भन्दा पनि आश्चर्यलाग्दो कुुरा भने मानिसले विमान वेपत्ता हुने भविश्यवाणी गर्न सकिन्छ भनेर मानिसहरु छक्क परेका छन् ।
ती चिनिया नागरिकले आफ्नो पोष्टमा लेखेका थिए, जुन मानिसले एमएच३७० गायब गरेका थिए तीनै व्यत्तिलले एयर एसियाको विमानमा हमला गर्ने उल्लेख गरेका थिए । ब्लगको पोष्टमा विमान वेपत्ता हुनुको पछि ‘द इन्टरनेशनल ब्ल्याक हेण्ड’ नामको संगठनको हात रहेको दावी गरिएको छ ।
उक्त पोष्टलाई अहिले अंगे्रजीमा अनुवाद समेत गरेर प्रचार गरिएको छ । पोष्टमा भनिएको छ ”Black Hand hijacked and shot down MH370 and MH17. This has pretty much killed the 6th largest airline — Malaysian airline,’
उनले अब मलेसिया पछि एयर एसिया उक्त संगठनको निशानामा रहेको भन्दै एयर एसियाको विमानमा यात्रा नगर्न सबै चिनियालाई सुझाव समेत दिएका छन् ।
-एजेन्सीको सहयोगमा
0 comments
Write Down Your Responses