अल्काका मालिक आफ्नै साथीको छोरी लिएर हराएपछि…

काठमाडौं,पुस १५ – गत बुधबार महानगरीय प्रहरी अपराध महाशाखामा सनसनीपूर्ण सूचना आयो । अलितपुरको अल्का अस्पतालका मालिक कुमार थापा एक किशोरीलाई लिएर गाडीमा बेपत्ता भए । मोबाइल समेत अफ भएपछि किशोरीका आफन्तले यौन शोषणका लागि लिएर गएको आशंकामा उजुरी गरे र साँझ करिब पाँच बजेतिर थापाको मोबाइल खुला भएपछि महाशाखाकी डीएसपी मीरा चौधरीले तत्काल उनलाई हनुमानढोकामा आउन आदेश दिइन् । थापा किशोरीलाई घरमा छाडेर डराउँदै हनुमानढोका पुगे । 

सोधपुछ गर्नेक्रममा आश्चर्यजनक तथ्यहरु फेला परे । थापाले आफ्नो कारमा लिएर गएकी युवती प्रवीण नेपालकी छोरी हुन् । प्रवीण नेपाल थापाकै साथी हुन्,जसलाई थापाले हालत जेल हालेका छन् । बुबालाई छुटाइदिने भन्दै थापाले ती किशोरीलाई कारमा लिएर हिँडेका थिए । प्रवीणको जेल कहानी पनि निकै रोचक छ । थापाको अल्का अस्पतालभित्र अवैध धन्दाहरु हुन्छन् भन्ने उजुरी केही महिनाअघि नेपाल मेडिकल काउन्सिलमा पुग्यो । खासगरी अबैध गर्भपतन र कानुनुले बन्देज गरेको गर्भमै अल्ट्रासाउन्डमार्फत छोराछोरी छुट्याउने धन्दाबारे प्रमाणसहित उजुरी परेको थियो । आजको दृष्टि साप्ताहिकमा खबर छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.