नयाँ वर्षको उपहार : बन्दैबन्द, दुई माओवादी मिलेर ६ दिन बन्द

काठमाडौँ :  इस्वी संवतको वर्ष सन् २०१४ आजदेखि विदा हुँदैछ। नयाँ जोश,जाँगर अनि नयाँ उत्साह थपिने कामनाका साथ आज नयाँ वर्षलाई विश्वभर स्वागत गरिँदैछ। तर, नेपालीलाई भने नयाँ वर्ष सन् २०१५ को दोस्रो साताबाटै आम हड्ताल र बन्दका कार्यक्रमले सताउँदै छ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको एमाओवादीले हाँकेको ३० दलीय मोर्चा र नेत्रविक्रम चन्द ‘विप्लव’ अलग्गिएपछि अस्तित्वका लागि संघर्षरत मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा-माओवादीका बन्दहरुले जनवरी ९ तारिख (पुस २५ गते) देखि सताउन थाल्नेछन्। पुस २३ गते बल्ल राष्ट्रिय भेला डाकेको हुनाले विप्लव माओवादीको आन्दोलनका कार्यक्रम घोषणा हुन बाँकी नै छन्।   

एमाओवादी र नेकपा-माओवादीले पुस २५ देखि २९ सम्म क्षेत्रीय रुपमा आम हड्ताल घोषणा गरेका छन्। एमाओवादीले हड्ताल गर्ने ठाउँहरुको क्षेत्रलाई प्रस्तावित राज्यको नामबाट प्रचार गरेको छ भने वैद्य माओवादीले विकास क्षेत्रको नाम दिएको छ।

0 comments

Write Down Your Responses

Powered by Blogger.