नायिका स्वेता खड्का विरामी !

काठमाडौं । नायक श्रीकृष्ण श्रेष्ठको निधनसँगै गहिरो शोकमा परेकी श्रेष्ठपत्नी तथा नायिका स्वेता खड्का विरामी परेकी छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै स्वेताले आफू विस्तारामा लडेर श्रीकृष्णको जन्मदिनमा दुईजनाले सँगै विताएका क्षणहरु सम्झिरहेको उल्लेख गरेकी छन् ।
उनले लेखेकी छन्,  आज भन्दा पहिलाको जन्मदिनहरुमा म हजुर सामु उपहारहरु लिएर उपस्थित हुन्थे तर माफ गरिदिनु होला यो पटक मैले हजुरलाई उपहार दिनुको सट्टा उल्टै हजुरसँग मैले उपहार स्वरुप आफ्नो असल स्वास्थको भिक माग्ने आँट गरेको छु ।

मेरो स्वास्थ्यमा कत्ति सुधार आएको छैन, म रातदिन सुत्न परेको छ, मलाई सन्चो भएको छैन, मैले जति कोशिस गरेपनि म उठ्न सकेको छैन, प्लिज मलाई हजुरले शक्ति दिनुहोला, छिटो भन्दा छिटो मलाई उठाई दिनुहोला, हजुरले मलाई सुम्पिएर गएका कामहरु अलपत्र परेका छन । उनको स्टाटसमा लेखिएको छ ।
उनले आफूलाई श्रीकृष्णको योजना सफल बनाउन ठूलो इच्छा रहेको भन्दै त्यसलाई पुरा गर्नका लागि पनि छिट्टै निको हुनुपर्ने उल्लेख गरेकी छन् । स्वेताले आफू सँधै उनकै (श्रीकृष्ण) यादमा बाँच्ने समेत प्रतिबद्धता जनाएकी छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.