आगामी वैशाखमा विमान चालकसँग लगनगाँठो कस्दै नायिका सुमिना


 पुष १७ गते 
नेपाली चलचित्र क्षेत्रमा नफर्किने घोषणा गरेकी नायिका सुमिना घिमिरे घरजम गर्ने तयारी गरिरहेकी छिन् । सुमिनासँग निकट सूत्रहरुका अनुसार उनी आगामी वैशाखमा बिहे गर्ने तयारीमा छिन् ।
सुमिनासँग विवाह गर्न लागेका युवक विमान चालक हुन् । एक म्युजिक भिडियो सुटिङका बेला उनीहरुबीच चिनजान भएपछि सम्बन्ध प्रगाढ बन्दै गएको थियो ।

प्रेमीको आग्रहअनुसार नै सुमिना फिल्म क्षेत्रबाट टाढिने निर्णयमा पुगेकी थिइन् । केही महिनाअघि अनलाइनखबरसँगको कुराकानीमा सुमिनाले आफु प्रेममा रहेको बताएकी थिइन् ।
‘हो म अहिले प्रेममा छु, भगवानले जुराइदियो भने दुई बर्षभित्र विवाह गर्छु ।’ सुमिनाले भनेकी थिइन-‘मेरा प्रेमी पढ्दै हुनुहुन्छ । मलाई असाध्यै केयर गर्नुहुन्छ । हामी त्यति घुम्न जाँदैनौं, कुनै कुरा सेयर गर्न मन लाग्यो भने कफि पिउन भेटछु ।’
विवाहकै तयारीस्वरुप अहिले सुमिना चलचित्र क्षेत्रबाट टाढिने कोसिसमा छिन् । साथै चलचित्र क्षेत्रका साथीहरुसँगको संगत पनि घटाएकी छिन् ।
पछिल्लो पटक चलचित्र ‘माला’मा काम गरेपछि सुमिनाले आफू चलचित्र क्षेत्रमा नफर्कने बताएको निर्देशक शिशिर रानाले बताए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.