सलमान खानलाई सन् २०१४ खासै फापेन

भर्खरै ५०औँ बर्थडे मनाएका बलिउड अभिनेता सलमान खान सबैभन्दा बढी गर्लफ्रेन्ड बनाउने बलिउड हस्तीमा गनिन्छन् ।

यद्यपि, जीवनको आधा शतक पूरा गरिसक्दा पनि उनले जीवनसाथी पाउन सकेका छैनन् ।

सन् २०१४ मा सलमानले बिहेको मिति घोषणा गर्लान् भन्ने फ्यानहरूको आश गत वर्ष पनि पूरा भएन ।

संगीता बिजलानी, सोमी अली, ऐश्वर्या राय, कटरिना कैंफलगायत युवतीसँग सलमानले कुनै समय ‘अफेयर’ चलाएको सबैलाई थाहा छ ।

संगीता, ऐश्वर्या र कटरिनासँगको सलमानको ‘अफेयर’ बिहेको सँघारमा पुगेर टुटेको थियो ।

पछिल्लोपटक कटरिनासँग ‘ब्रेकअप’ भएपछि पनि केही युवतीसँग उनको नाम जोडियो ।

रोमानियाली अभिनेत्री तथा मोडल लुलियासँग उनको सम्बन्धसम्बन्धी ‘गोसिप’ बलिउड वृत्तमा केही महिनाअघि चल्यो ।

अर्की अभिनेत्री ज्याकलिन फर्नान्डिजसँग उनको अफेयर चलेको चर्चा अहिले चल्न थालेको छ ।

सलमानले कसलाई जीवनसाथी चुन्ने भन्ने कुराको छिनोफानो सन् ०१५ मा गर्ने उनका फ्यानको आश छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.