चर्चामा आर्यन र नम्रताको जोडि

बुधबार, पौष १६, 
धेरैले मन पराएको नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठको जोडिलाई दर्शकले फेरी पर्दामा नियाल्न पाउने भएका छन् । चलचित्र नोभेम्बर रेन पछि कुनै चलचित्रमा संगै नदेखिएको यो जोडि चलचित्र ‘ क्लासिक’ मा एक साथ देखिनजे भएका हुन । सुवास इन्टरटेन्टमेन्टले आर्यन सिग्देल इन्टरटेन्टमेन्टसँगको सहकार्यमा चलचित्र क्लासिक निर्माण गर्ने भएपछि आर्यन र नम्रताको जोडि पुनः एकसाथ देखिने भएको हो ।

म्युजिकल लभस्टोरीमा तयार पारिएको स्क्रिप्टनमा आर्यन र नम्रताको जोडि जम्न सक्ने हुनाले नै यो छोडि छानिएको निमाण पक्षको भनाई छ । दिनेश राउतको निर्देशनमा तयार हुन लागेको यो चलचित्रमा सुवास गिरीले लगानी गर्ने भएका छन् । आर्यन र नम्रताको जोडिलाई यो चलचित्रमा दयाहांग राईले सघाउने भएका छन् । ताराप्रकाश लिम्बु र छेतन गुरुङको संगीत र लेखन रहने यो चलचित्रको फाल्गुन पहिलो सातादेखि छायांकन सुरु हुने निर्माता सुवास गिरीले बताएका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.