रक्सीले मातेकाले मध्यराति फोन गर्दा मन्त्री महेश बस्नेत हैरान

काठमाडौं,पुस १७ – उद्योगमन्त्री महेश बस्नेत मन्त्री हुनअघि अनेक काण्डले चर्चामा थिए । युवा संघका अध्यक्ष समेत रहेका  बस्नेत एकाएक मन्त्री बनेपछि थप चर्चाको विषय बने । हक्की नेताका रुपमा समेत चिनिने यिनै बस्नेतको मन्त्री भएपछि भने रातको निन्द्रा समेत खल्बलिने गरेको छ । उनले मन्त्री भएपछि राम्रोसँग सुत्नसमेत नसकेको दुखेसो गरेका छन् । आखिर यी मन्त्रीको निन्द्रा मध्यरातमा किन खल्बलिरहेको छ त ? यसरी मन्त्रीको निन्द्रा खल्बलिनुको कारण अरु केही नभएर  मदिरा हो । 

कुरो के रहेछ भने उनलाई मदिरा खाएकाले मध्यराति समेत फोन गरेर डिस्टर्व गर्दा रहेछन् । त्यो पनि उनकै पूराना साथीहरुले ।‘एकथरी मानिसहरु छन्,जो आफ्नो पहुँच देखाउन एनी टाइम फोन गर्नुहुन्छ । राति कुनै ठाउँमा दारु खाएपछि साथीहरुलाई मन्त्रीसँग मेरो पहुँच छ भनेर देखाउन मध्यरातमा ह्यान्सफ्री गरेर फोन गर्नेपनि छन् । महिनामा केही त्यस्ता फोन पनि आउँछन्,जसले मेरो निन्द्रा नै खल्बलिन्छ’ बस्नेतले आफूले मन्त्री भएपछि झेल्दै आएको समस्याबारे आजको नयाँ पत्रिकासँग कुराकानी गर्दै भनेका छन् । 

0 comments

Write Down Your Responses

Powered by Blogger.