गाउँलेले समातेर प्रहरीमा बुझाए पाँच बालिका बलात्कार गर्ने मानब रुपी पशुलाई

एकपछि अर्को गर्दै बालिका बलात्कार गर्दैआएका रौतहटमा ४५ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । उनले पाँचजना बालिकाहरुलाई बलात्कार गरेको गरेको अभियोग लगाइएको छ ।

चन्द्रपुर नगरपालिका–४ पहरी टोलका चन्द्रपुर नगरपालिका–४ का भक्त बहादुर राईलाई ७ देखि १० वर्ष उमेरका पाँच बालिकाहरुलाई बलात्कार गरेको आरोपमा गाँउलेले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएपछि उनको कर्तुत सार्वजनिक भएको हो ।

जंगलमा दाउरा खोज्न गएका बेला र राईको घरमा टिभी हेर्न जाँदा एक महिनायता राईले पाँचजना बालिकालाई फकाएर गुप्ताङ्ग खेलाइदिने र मलद्धारमा करणी गर्ने गरेको पीडित बालिकाहरुले बताएका छन ।

अन्नपूर्ण पोष्टमा प्रकाशित समाचार अनुसार बालिकाहरुलाई बलात्कार गरेको कुरा गत बुधवार अभिभावकहरुले थाहा पाएपछि पीडक राई फरार भएका थिए । महिला सुरक्षा दबाब समूहकी अध्यक्ष देवकी नेपाल तथा महिला अधिकारकर्मी गीता भारतीले पीडकलाई कारबाहीका लागि पहल गरिरहेका छन ।

जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरीका लागि आएका बालिकाहरुले पीडक राईले पटक पटक आफूहरुलाई पैसा दिएर फकाउँदै कसैलाई भने मारी दिने धम्कीसमेत दिने गरेको बताए ।

पीडित १० वर्षीया बालिकाले भनिन ‘बेलुका राईको घरमा टिभी हेर्न गएको बेलामा हामीसँग नराम्रो काम गर्दथ्यो, ५० रुपैयाँ दिन्थ्यो । आमा बाबुलाई भन्यौँ भने मारिदिने धम्की पनि दिन्थ्यो ।’ महिला सुरक्षा दबाब समूह रौतहटकी अध्यक्ष देवकी नेपालले पीडकलाई कडा कारबाही र पीडित बालिकाहरुलाई संरक्षण गर्न माग गरेका छन ।

महिला तथा बालबालिका सेवा केन्द्रको सहयोगमा पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । जिल्ला अस्पताल गौरका डा। रन्जित यादवले बालिकाहरुमाथि यौन दुव्र्यबहार भएको पाइएको बताएका छन ।

बालिकाहरुलाई नेपाल प्रहरीको सेवा केन्द्रमा राखिएको छ । पक्राउ परेका राईलाई हिरासतमा राखी अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक रुद्रकान्त झाले बताउनुभएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.