दुई वर्षीय बालकले गोली चलाउँदा आमाको मृत्यु

काठमाडौं, पौष १६ । अमेरिकाको इदाहो राज्यमा दुई वर्षे बालकले चलाएको गोली लाग्दा उनकी आमाको मृत्यु भएको छ ।

इदाहो राज्यको हेडन सहरमा रहेको वालमार्ट स्टोरमा आमासँगै रहेका बालकले आमाको ब्यागमा रहेको सानो बन्दुक निकाली खेलाउँदा गोली लागि महिलाको मृत्यु भएको हो ।

मृतक महिलासँग हतियार राख्ने अनुमति रहेको अनुसन्धानबाट खुलेको छ । (एजेन्सी) 

0 comments

Write Down Your Responses

Powered by Blogger.