जुन देश जानुस्, तपाईंलाई नेपाल प्रहरीको सुरक्षा

नेपाल सन्देश डेस्क, काठमाडौं । नेपाल प्रहरीले विश्वका जुनसुकै कुनामा बस्ने नेपाली माथि हुने अपराधका विरुद्ध कारबाही गर्ने संयन्त्र निर्माण गरेको छ ।
थाइल्याण्डको बैंककमा बन्धक बनाइएको तीन नेपाली विद्यार्थीलाई अपहरणबाट मुक्त बनाउन सफल भएको प्रहरीले विश्वभर रहेका नेपालीलाई सुरक्षा दिने बताएको हो ।
नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग (सिआईबी)ले विश्वभर रहेका नेपालीहरुसँग जोडप्ीएका अपराधका घटनाहरुको अनुसन्धान र कारबाहीको संयन्त्र निर्माण गरेको छ ।

सिआईबीले अपराध सुचना संकलन केन्द्र (सिआसीयु) मार्फत यस्तो काम थालेको हो । उस्ले अपराधका घटनामा केही परेको भए सिधा सम्पर्क गर्नकालागि टोल फ्री नंबर १६६६००१४१५१६ नंबरमा सम्पर्क गर्न आग्रह गरेको छ ।
साथै फेसबुक पेज, वेभसाईट cid.nepalpolice.gov.np ,फ्याक्स नंबर ०९७७–०१४४१२६०२, इमेल cicu@nepalpolice.gov.np मा पनि सम्पर्क गर्न सकिने व्यवस्था गरेको छ ।
प्रहरीले दश लाख भन्दा बढी नेपाली रहेका मुलुकमा नेपाल प्रहरीको काउन्सलर राख्ने व्यवस्था हुन लागेको पनि जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.